रामशरण–प्रकाशशरण एकै नदीका दुई किनारा (2024)

समाज

२०८० पौष ७ शनिबार ०८:३५:००

रामशरण–प्रकाशशरण एकै नदीका दुई किनारा (1)

केशवप्रसाद पाण्डे

डा. रामशरण महत र डा. प्रकाशशरण महत, राष्ट्रिय राजनीतिमा स्थापित नाम । थातथलो नुवाकोट, सहोदर दाजुभाइ, तर कांग्रेस राजनीतिमा दुई विपरीत धारका हस्ती । घरका जेठा रामशरण त्यसपछिका प्रकाशशरण । विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिको दूरी तय गरेका यात्री । सदाबहार अर्थमन्त्रीको परिचय बनाएका दाइ रामशरण राजनीतिबाट केही ओझेलमा छन् यसवेला । अर्थतन्त्र संकटमा परेको यो समयमा अर्थ मन्त्रालयको मोर्चा सम्हाल्दै छन् भाइ प्रकाशशरण ।

राजनीतिक यात्रामा केही समानता र धेरै फरकपना । दुवै नेविसंघका पूर्वमहामन्त्री, अध्ययनशील छवि, दुवैले अर्थशास्त्रमा पिएचडी गरे, राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालय सम्हालेका, अन्तर्राष्ट्रिय अध्ययन र अनुभव दुवैका साझा परिचय । एकै परिवारका दाजुभाइ तर पार्टीभित्र विपरीत धारका यात्री । रामशरण कोइराला खेमाका र प्रकाशशरण देउवा खेमाका । कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक बन्दा देउवालाई साथ दिनेमा थिए प्रकाशशरणले । गिरिजाप्रसाद कोइरालालाई साथ दिनेमा थिए रामशरण । पछि पार्टी एकीकरण भएपछि कांग्रेसमै अटाए दुई भाइ ।

अहिले रामशरण कांग्रेसको केन्द्रीय सदस्य छन् । प्रकाशशरण केन्द्रीय सदस्य, पार्टी प्रवक्ता र सरकारमा अर्थमन्त्रीको हैसियतमा छन् । नजिकबाट चिन्नेहरू रामशरणकै प्रेरणा र पदचाप पछ्याउँदै प्रकाशशरण राजनीतिमा लागेका थिए भन्छन् । तर, राजनीति न हो, आफू बन्ने सर्तमा एक–अर्कालाई असहयोग गरे । चुनावमा एक–अर्कालाई सहयोग गरेनन् दाजुभाइले भन्ने चर्चा पनिचल्छ वेलावेला ।


प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता राजन केसी बाल्यकालदेखि महत दाजुभाइसँग नजिकबाट संगत गर्नेमा पर्छन् । केसीका मामाका छोराहरू हुन् यी दुई । रामशरणसँग बाल्यकालका ११ वर्ष सँगै बिताएका । उसवेला प्रकाशशरण नुवाकोटमा नै स्कुल पढ्थे । दाजुभाइको बाल्यकाल सँगसँगै कमै बित्यो । चाडबाड र जाडो बिदामा घर जाँदा मात्र यी दुईको भेट हुन्थ्यो । उनको संगतमा प्रकाश अलि फ्रेन्डली, रामशरण अलि गम्भीर थिए सानैबाट । ‘रामशरण दाइ चोभारमा विश्व निकेतन स्कुलमा पढ्नुहुन्थ्यो । उहाँ मेरो मामाको छोरा, म फुपूको छोरा । त्यसवेला प्रकाश गाउँमा नै पढ्थे । दाइ आइए पढ्दा लैनचौरमा डेरा गरेर बस्नुहुन्थ्यो । त्यसपछि प्रकाश आएका हुन् ।

एकै परिवारका दाजुभाइतर पार्टीभित्र विपरीत धारका यात्री । रामशरण कोइराला खेमाका र प्रकाशशरण देउवा खेमाका । कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक बन्दा देउवालाई साथ दिनेमा अग्रपंक्तिमा थिए प्रकाशशरण । गिरिजाप्रसाद कोइरालालाई साथ दिनेमा थिए रामशरण । पार्टी एकीकरण भएपछि कांग्रेसमै अटाए दुई भाइ, तर फरक कित्तामा ।

मिनपचास (जाडो बिदा) मा नुवाकोट जानुहुन्थ्यो । म पनि सँगसँगै हुन्थेँ । बाल्यकालमा उहाँहरू सँगै बस्नुभएन । राजनीतिमा आएपछि रामशरण दाइकै कारण प्रकाश र म पनि नेविसंघमा जोडियौँ,’ राजन ऊवेला सम्झन्छन् । ०४५ तिरको समय लैनचौर बस्दा रामशरण महत भयंकर मिहिनेती भनेर चिन्थे, टोलका मान्छेहरू । ‘बसेर पढ्दा अल्छी लागे उठेर पनि पढ्थे भन्ने हामीले सुनेका थियौँ,’ केसी सुनाउँछन् । २९ वर्षको उमेरमा रामशरणले पिएचडी सकेका थिए । पञ्चायत कालमा पढाइ र राजनीति सँगसँगै । धेरैपटक जेल पर्ने र बाहिरिने चलिरह्यो । रामशरणले नेपालको अर्थतन्त्रलाई नयाँ आयाम थपेको र त्यसैको सुधार र निरन्तरताका लागि प्रकाशशरणले काम गरिरहेको देख्छन् राजन । राजनीतिमा फरक देखिए पनि पारिवारिक सम्बन्ध सुमधुर नै देखेका छन् राजनले ।


०००
महत दाजुभाइलाई पारिवारिक र राजनीतिक रूपमा नजिकबाट बुझ्नेमा पर्छन् कांग्रेस नुवाकोट जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सांसद्् रमेश महत । रमेशले ०४९ बाट २५ वर्ष रामशरणको स्वकीय सचिवसमेत भएर काम गरे । दाजुभाइको राजनीतिक करिअरको महत्वपूर्ण समयको साक्षी बनेका रमेश नातामा भतिज हुन् । रमेशले राजनीतिक रूपमा एकै पार्टीका फरक धारमा रहे पनि दुईको सम्बन्ध सुमधुर नै देखेका छन् । राजनीतिक रूपमा बोलचाल बन्द भएको अवस्था आफूले नदेखेको रमेशको भनाइ छ । ‘उहाँ (प्रकाशशरण) सँग पनि मेरो उस्तै सम्बन्ध छ । तर, रामशरण महतसँग धेरै काम गरेँ ।

विद्यार्थी राजनीति हुँदै कांग्रेसमा प्रवेश गर्नुभयो । बाहिरै गएर शिक्षा आर्जन गर्नुभयो । राजनीतिमा एकै पार्टी र फरक धार । दाजुभाइको बोलचालै बन्द भएको, आउने–जाने नै नहुनेचाहिँ भएको छैन । राजनीतिमा कहिले फरक मत आउनु स्वाभाविक हो,’ रमेश भन्छन् । पारिवारिक सदस्यसमेत रहेका रमेशका अनुसार पछिल्लो समय रामशरणको राजनीतिक रूपमा सक्रियता छैन । बुढ्यौलीले गाँजेको छ रामशरणलाई । अलि धेरै बिर्सन्छन् । सबै विषयबारे जानकारी गराएपछि मात्रै उनी कुराको भेउ पाउँछन् ।


विद्यार्थी राजनीतिबाट जोडिने र त्यसपछिका उदारचढाव देख्नेमा पर्छन् कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई । बलबहादुर केसी नेविसंघ अध्यक्ष हुँदा प्रकाशशरण महामन्त्री थिए । शंकरदेव क्याक्पसको स्ववियु सचिव थिए भट्टराई । रामशरण राजनीतिमा सिनिएर । उनको संगत बढ्ता प्रकाशशरणसँग रह्यो । महामन्त्रीपछि प्रकाशशरण नेविसंघ अध्यक्षको तयारीमा थिए । तर, नेतृत्वले निर्वाचन हुन दिएन । बालकृष्ण खाणलाई सर्वसम्मत अध्यक्ष घोषणा गरिदियो ।

दाजुभाइको सम्बन्धबारे भाइ प्रकाशशरण भन्छन्,‘हामीबीच बोलचाल नै बन्द भयो भनेर अफवाह पनि फैलाइयो, तर त्यस्तो कहिल्यै भएन । हामीबीचको सम्बन्ध सानैदेखि सुमधुर छ ।’ तर, महत परिवारलाई नजिकबाट बुझ्ने पूर्वसांसद दिव्यमणि राजभण्डारी दाजुभाइको सम्बन्ध सुमधुर भएको देख्दैनन् । भन्छन्, ‘हर इस्युमा सबैको कुरा मिल्छ भन्ने छैन ! राजनीतिमा आ–आफ्ना महत्वाकांक्षा हुन्छन् । अवसरका कुरा पनि रहन्छन् ।’

यसले प्रकाशशरणको लामो तयारी खेर गयो । त्यसवेला बलबहादुर केसी, महत, नवराज गुरुङलगायतबीच प्रतिस्पर्धाको तयारी थियो । तर, नेताहरूले बालकृष्ण खाणलाई सर्वसम्मत बनाएर चाक्सिबारीस्थित गणेशमान सिंहको घरबाट घोषणा गरिदिए । त्यसवेला बालकृष्णको नाम नेविसंघ अध्यक्षमा घोषणा गर्नेमा थिए रामशरण । त्यसपछि उनी अध्ययनका लागि अमेरिका उडे । प्रकाशशरण अमेरिका जानुअघि अमेरिकन सेन्टरमा डकुमेन्ट बुझाएको त्यो समय अझै सम्झन्छन् भट्टराई । ‘पञ्चायतकाल थियो, म विद्यार्थी थिएँ । नेविसंघको महामन्त्री हुनुहुन्थ्यो डा. प्रकाशशरण महत । म त्यसवेला शंकरदेव क्याक्पसको स्ववियु सचिव थिएँ । उहाँले अध्यक्षको तयारी धेरै गर्नुभएको थियो । तर, त्यसवेला भोटिङ भएन । उहाँले अध्यक्षका लागि धेरै तयारी गरिसक्नुभएको थियो । हामी प्रतीक्षामा थियौँ । अमेरिका जानुअघि अमेरिकन सेन्टरमा डकुमेन्ट बुझाउने समयमा पनि हामी सँगै थियौँ ।’


उनी रामशरणलाई गुटको पक्षपाती मान्दैनन् । स्पष्टवक्ताका रूपमा चिनेका छन् । प्रकाशशरणलाई भने समूहको हितमा लागिपर्ने । उनको अनुभवले यही भन्छ । ‘गुट पक्षपाती मान्छे होइन रामशरण दाइ, गुटगत कुराभन्दा पनि आफूलाई लागेकोे कुरा पार्टीमा मिटिङदेखि नेताहरूसँग स्पष्ट राख्ने उहाँको स्वभाव छ । पार्टी फुट्दा उहाँहरू अलग–अलग गुटमा हुनुभयो । प्रकाशजी अलि समूह र पार्टीलाई बलियो बनाएर लानुपर्छ भन्ने सोच राख्नुहुन्छ । तर, प्रकाशजीमा अन्तिम समयसम्म पनि त्यसमा उभिने क्यारेक्टर छ । केन्द्रीय राजनीतिमा उहाँहरू पार्टीको अलग–अलग खेमामा रहे पनि उहाँहरूको सम्बन्ध राम्रै देख्छु । त्यसवेला पनि समस्या थिएन अहिले पनि त्यस्तो जानकारीमा छैन,’ भट्टराई सुनाउँछन् ।


अर्थमन्त्रीका रूपमा दुई दाजुभाइको कार्यकालको उनको आफ्नै विश्लेषण पनि छ । उनी रामशरणले स्थापित गरेको विश्वबजार र खुला बजार अर्थनीति अर्थतन्त्रको मोडल कालान्तरमा निर्विकल्प देखिएको र विरोध गर्नेले पनि त्यसैलाई निरन्तरता दिएको देख्छन् । ‘महेश आचार्य अर्थमन्त्री हुँदा नै कांग्रेसको नीतिअनुसार खुलाबजार अर्थतन्त्रको नीति अवलम्बन गर्न सुरु गरिएको थियो । रामशरण दाइले त्यसलाई निरन्तरता दिनुभएको थियो । विरोध गर्नेले यसलाई ‘पुँजीवादी अर्थनीति र विवादित भनेर विरोध पनि गरे । तर, यथार्थमा यो विकल्पहीन विरोध देखियो ।

अहिले रामशरण कांग्रेसको केन्द्रीय सदस्य छन् । प्रकाशशरण केन्द्रीय सदस्य, पार्टी प्रवक्ता र सरकारमा अर्थमन्त्रीको हैसियतमा छन् । नजिकबाट चिन्नेहरू रामशरणकै प्रेरणा र पदचाप पछ्याउँदै प्रकाशशरण राजनीतिमा लागेका थिए भन्छन् । तर, राजनीति न हो, आफू बन्ने सर्तमा एक–अर्कालाई असहयोग गरे । चुनावमा एक–अर्कालाई सहयोग गरेनन् दाजुभाइले भन्ने चर्चा पनि कांग्रेसमा चल्छ वेलावेला ।

विरोध गर्नेले विकल्प दिन सकेका छैनन् । सत्तामा जाँदा यसैलाई अवलम्बन गर्ने गर्छन् । त्यसपछि भ्याट, ट्याक्स रिफर्म गर्ने र करको दायरा बढाउने उहाँकै पालामा आएर धेरै सुधारका काम भए । अहिले त्यही नीतिले राजस्व उठ्छ,’ भट्टराई भन्छन्, ‘प्रकाशजी अर्थमन्त्री त हुनुहुन्छ तर, कोरोनाको क्राइसिसबाट बाहिर ननिस्केको र संसारभर अर्थतन्त्रमा संकट रहेको समय छ । अघिल्लो सरकारमा स्रोत सुनिश्चित नगरी भटाभट एकैपटक काम गर्दा त्यसका लागि पनि बजेट छुट्याउनुपर्ने प्रेसर उहाँलाई छ । गतवर्ष राजस्व पनि टार्गेटअनुसार नउठेकाले राज्यको ढुकुटीमा पनि पैसा नभएको अवस्था छ । तर, पछिल्लो समय तथ्यांक हेर्दा त्यसमा सुधारका संकेत देखिन्छन् ।’


०००
महत परिवारलाई नजिकबाट बुझ्ने र रामशरणसँग निकट मानिन्छन् पूर्वसांसद् दिव्यमणि राजभण्डारी । केटाकेटी छँदै रामशरण महत राम्रो र ट्यालेन्टेट मान्छे भनेर सुनेका थिए । उनको भनाइ मान्ने हो भने पार्टीले नै मोटिभेसन गरेर रामशरणलाई पिएचडीका लागि पठाएको थियो । युएनमा काम गरेर आएपछि ०४८ मा रामशरणले निर्वाचनमा भाग लिए । तर, परिणाम पक्षमा परेन । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार थियो । कृष्णप्रसाद भट्टराईसहित कांग्रेस नेताहरूले पढेलेखेको र अन्तर्राष्ट्रिय अनुभव भएको मान्छे भनेर योजना आयोगमा उपाध्यक्ष बनाए । त्यसवेलाबाटै पार्टीगत रूपमा उनी रामशरणसँग जोडिए ।

भेटघाट सुरु भयो र फैलियो । पारिवारिक रूपमा नजिकिए । समयले साथ दिनासाथ रामशरण र उनी दुई मात्र र परिवारसहित घुम्न पनि निस्कन्थे । आयोगको उपाध्यक्ष बनाएपछि उसवेला चुनाव हारेको मान्छे योजना आयोगमा ल्याइयो भनेर विवाद पनि भएको थियो । यी सबै उदारचढावलाई भण्डारीले देखेका थिए । तर, रामशरणले कामबाटै जवाफ दिएपछि सबैलाई चुप लगाए भन्छन् भण्डारी । प्रकाशशरणसँग भने रामशरणजत्तिको संगत भएन । जुनिएर थिए प्रकाशशरण, तर दाजुभाइ नै परिवारसँग सामीप्य राख्नेमा पर्छन् । रामशरणले खुला बजार अर्थनीतिलाई अगाडि बढाउन उनका आइडिया र अध्ययनले दीर्घकालीन काम गरेको उनको अनुभवले भन्छ ।

उसवेला सार्वजनिक संस्थानलाई निजीकरण गर्ने विषयमा धेरै मत अएका थिए । अर्थमन्त्री हुँदा पनि राष्ट्रिय राजनीतिका विषयमा सरसल्लाह निरन्तर हुन्थ्यो । ‘प्रकाशजी त हामीभन्दा जुनियर हुनुहुन्थ्यो । प्रकाशशरणको राम्रो कुरा उहाँ एग्रेसिभ हुनुहुन्छ, रामशरणजी बिस्तारै गरौँ, पार्टीको मात्र कुरा नसुनौँ भन्ने हुनुहुन्थ्यो । प्रकाशजी पार्टीको हित हुने गरी एग्रेसिभ हुनुहुन्छ । दौडधुप गर्ने र काममा खटाएपछि जसरी पनि फत्ते गर्नेमा हुनुहुन्छ । पछिल्ला क्रममा उहाँले पार्टीबाट आएका जिम्मेवारीलाई पनि त्यसरी नै पूरा गर्नुभएको थियो । अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्नेमा देन देखिन्छ । उहाँसँग पनि मेरो अनुभव छ, तर रामशरणजीजस्तो होइन । प्रकाशशरणजीलाई पनि राजनीतिमा लाग्न दाइ महतको प्रेरणा थियो भन्ने मलाई लाग्छ,’ भण्डारीले भने । उनले पनि राजनीतिक रूपमा फरक हुनुलाई अर्को रूपमा हेरेका छैनन्, तर अवसरका विषयले दाजुभाइमा केही अप्ठ्यारो भएको भने महसुस गरेका छन्, जुन राजनीतिक परिवारमा आफू बन्ने सर्तमा हुन्छ नै ।

सैद्धान्तिक कुरामा फरक हुनुलाई उनी पनि स्वाभाविक मान्छन् । काम गराइको कुरामा केही फरकपना उनले महसुस गरेका छन् । ‘हर इस्युमा सबैको कुरा मिल्छ भन्ने त छैन नि ! राजनीतिमा आ–आफ्ना महत्वाकांक्षा हुन्छन् । अवसरका कुरा पनि रहन्छन् ।’रामशरणसँग धेरैपटक घुम्न गएको सम्झन्छन् भण्डारी । रामशरणको कुरा गर्दा उनलाई १५ वर्षअघिको समय याद आउँछ । एक समय भण्डारीले भाँडा माझेको देखेर रामशरणले जिद्दी गर्दै प्लेट सफा गरेका रहेछन् । ‘म प्लेट सफा गरिरहेको थिएँ । तिमी गर्छौ भने म पनि गर्छु भनेर आउनुभयो । मैले रोक्दै काँ डा. साप, भनेको मान्नुभएन । विद्यार्थी हुँदा माझेकै त हो भन्नुभयो,’ भण्डारी भन्छन् ।


०००
अर्थमन्त्रीका रूपमा रामशरणसँग लामो संगत गर्नेमा पर्छन्, पूर्वअर्थसचिव डा. रामेश्वर खनाल । उनी रामशरणलाई अर्थतन्त्रलाई कसरी राम्रोसँग चलाउनुपर्छ भन्ने राम्रो ज्ञान भएको अर्थमन्त्रीका रूपमा चिन्छन् । प्रकाशशरणसँग भने सामान्य सम्बन्ध छ, उनको । ‘उहाँहरूको सम्बन्ध सामान्य नै देखेको छु,’ खनाल भन्छन् । जहिले पनि संकट पर्नामाथि उकास्ने काममा रामशरणको भूमिका रहेको उनको विश्लेषण छ । उनको कार्यकालमा अरूले संकटमा पार्ने र उहाँले सम्हाल्ने भइरह्यो । ‘उहाँले अन्तर्राष्ट्रिय पहिचान पनि बनाउनुभएको थियो । बेलायतको बैंकर भन्ने पत्रिकाले त उहाँलाई उत्कृष्ट अर्थमन्त्रीको रूपमा पनि घोषणा गरेको थियो । उहाँसँग ०५८ मा अर्थमन्त्री भएपछि सबै कालखण्डमा काम गरेँ ।

मैले अवकाश पाइसकेपछि पनि बजेट निर्माणका क्रममा उहाँले बोलाउनुहुन्थ्यो । अर्थमन्त्रीको दायित्वलाई अत्यन्तै महत्वपूर्ण मान्नेमा हुनुहुन्थ्यो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा पनि उहाँले व्यक्तिगत कुरा सुन्नुहुन्नथ्यो । उहाँ कुनै हालतमा पनि कम्प्रमाइज गर्नेमा हुनुहुन्नथ्यो, ‘खनाल भन्छन्, ‘भूकम्पको समयमा पनि उहाँले जुन तयारी गर्नुभयो र पुनर्निर्माण पनि भयो, त्यो ठूलै काम हो । उहाँलाई पार्टी र संस्थान बेच्यो भन्ने आरोप पनि थियो । उहाँ मुलुकको दीर्घकालीन हित हेरेर काम गर्नुहुन्थ्यो, तर बुझ्नेभन्दा बदनाम गराउन अरू लागे ।’


खनालले हक्की स्वभावका अर्थमन्त्रीका रूपमा रामशरणलाई चिनेका छन् । केही घटनाले पनि उनमा यस्तो छाप बनेको छ । ०५८ मा आर्थिक वर्षको अन्त्यमा अर्थ मन्त्रालयमा चाप हुन्थ्यो । कसैको बजेटबाट लिएर अर्को शीर्षकमा खर्च गर्न सकिने हुन्थ्यो । नेविसंघमा उच्चस्तरीय नेताहरू नै एक समय मन्त्रालयमा आएर त्यसका लागि आग्रह गर्थे । रामशरणले च्याम्बर बाहिरै भेटेर त्यस्ता कुरा नगर्नुस् राज्यको ढुकुटी म दिन सक्दिनँ भनेका थिए । तर, अर्थमन्त्री कोठामा छिरेपछि आक्रोशित हुँदै लात्ताले ढोकामा हानेर भित्र छिरेर झन्डै कुटपिट गरेछन्, ती विद्यार्थी नेताले । ०६४ मा पनि उनी अर्थमन्त्री थिए । बजेट तयारीभन्दा अगाडि विभिन्न खाले योजनाका लागि कुरा आउँथे । प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । प्रधानमन्त्रीको फोनलाई पनि बेवास्ता गर्थे । ‘फोन आउँथ्यो, तर उहाँ फोन अफ गरेर बस्नुहुन्थ्यो । प्रधानमन्त्रीको पनि फोन उठाउनुहुन्नथ्यो । पछि पिएको मोबाइलमा फोन आउँथ्यो । म यहाँ काममा छुु भनेर प्रधानमन्त्रीसँग पनि कुरै गर्नुहुन्नथ्यो,’ खनाल सम्झन्छन् ।


रामशरणका स्वकीय सचिव रामेश्वर थापा दुईजनाबीचको सम्बन्धलाई राम्रो रूपमा देखेको बताउँछन् । ‘उहाँहरूको सम्बन्धमा कुनै समस्या देखेको छैन । अर्थमन्त्रीज्यू पनि वेलावेला आउनुहुन्छ । सल्लाह गरिरहनुभएको छ,’ थापा भन्छन् । दाजुको ठाउँमा रहेर कार्यसम्पादन गर्ने चुनौती पनि देखेका छन् कतिपयले । अर्थमन्त्रीमा रामशरणसँग तुलना हुन नसक्ने टिप्पणी पनि हुने गर्छन् । निकटहरू अर्थमन्त्रीका रूपमा भाइ महतको काममा सन्तुष्ट छैनन् भन्छन् । तर, प्रकाशशरणले यस्ता पक्षमा पनि ध्यान दिइरहेको देख्नेहरू पनि छन् ।

अर्थमन्त्री भएपछि सुरुमै उनी दाइ रामशरणलाई भेट्न निवासमै पुगेका थिए । त्यसबाहेक परामर्शका लागि जाने गर्छन् वेलावेला । ‘अहिले उहाँको स्वास्थ्यमा उमेरसँगै आउने समस्या आएका छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छैन,’ आफ्ना दाइ रामशरणबारे प्रकाशशरण भन्छन्, ‘भेटमा राजनीतिक विषयमा के भइरहेको छ भनेर चासो राख्नुहुन्छ । हामीबीच बोलचाल नै बन्द भयो भनेर अफवाह पनि फैलाइयो । तर, हामीबीच बोलचाल बन्द कहिल्यै भएन । दाजुभाइको सम्बन्ध सानैदेखि सुमधुर छ ।’

रामशरण–प्रकाशशरण  एकै नदीका दुई किनारा (2024)
Top Articles
Latest Posts
Article information

Author: Greg Kuvalis

Last Updated:

Views: 5415

Rating: 4.4 / 5 (55 voted)

Reviews: 94% of readers found this page helpful

Author information

Name: Greg Kuvalis

Birthday: 1996-12-20

Address: 53157 Trantow Inlet, Townemouth, FL 92564-0267

Phone: +68218650356656

Job: IT Representative

Hobby: Knitting, Amateur radio, Skiing, Running, Mountain biking, Slacklining, Electronics

Introduction: My name is Greg Kuvalis, I am a witty, spotless, beautiful, charming, delightful, thankful, beautiful person who loves writing and wants to share my knowledge and understanding with you.